सवारी साधन चलाउँदै हुनुहुन्छ ? सावधान !

पप्पु गुरुङ्ग

दोधारा ५ माघ । माहाकाली नगरपालिकाका सडक दुर्घटना न्युनिकरणका लागि प्रहरीले चेक जाँचमा कडाइ गरेको छ ।

माहाकाली नगरपालिकाका मुल सडक खण्डमा नियमित सवारी साधान चेक जाँच बढाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

सडकहरुमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।

जसले गर्दा सडक दुर्घटनामा कमी आउनुको साथै राजस्व संकलनमा समेत बृद्धि हुने भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताए ।

‘हामीले नियमित सवारी साधान चेक जाँच सहित सवारी साधनहरुको लगत संकलन कार्य अघि बढाएका छौं’ बमले भने ।

माहाकाली नगरपालिकाको बिशेष गरि मुल सडक खण्ड तथा शाखा सडकहरुमा ट्राफिक प्रहरीले सवारी साधन तथा चालकमा निगरानी बढाउँदैआएको छ ।

चेक जाँचले माहाकाली नगर क्षेत्रमा सडक दुर्घटनामा कमी ल्याउनुको साथ–साथै राजस्व संकलनमा समेत सहयोग गर्ने प्रहरीको विश्वास रहेको छ ।

त्यसै गरि पछिल्लो समयमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक लाल बहादुर बमको आगमन पछि माहाकालीको ट्राफिक व्यवस्थापन राम्रो हुने संकेत देखा पर्न थालेको स्थानीयको भनाई रहेको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना ईजाजत र दर्ता बिनाका सवारी साधन चलाउने माथी कडा चेक जाँच सुरु गरिएको ट्राफिक प्रहरी मोहनराज भट्टले बताएका छन् ।

‘लाईसेन्स र ब्लूबुक नभएको, हेल्मेट प्रयोग नगरेको, तीव्र गतिमा सवारी हाक्ने, क्षमता भन्दा वढी यात्रु राखी सवारी चलाउने लगाएतका सवारी चालकलाई पहिलो पटक सम्झाई बुझाई गर्ने नमाने ट्राफिक नियम अनुसार कारबाही गरेका छौं’ प्रहरी मोहनराज भट्टले भने ।

माहाकाली नगर क्षेत्रमा बढ्दो सहरीकरण तथा सवारी साधनको बढ्दो चापले दुर्घटनाको जोखिम बढ्दै गएकोले समयमा हुन सक्ने सम्भावित दुर्घटना रोक्नका लागि सबै सचेत बन्न प्रहरीले अनुरोध गर्दै आएको छ ।

माहाकाली नगरपालिकाको वडा नं. ४ महाकाली झोलुङ्गे पुल नजिक, वडा नं. ५ र ६ हेल्थपोष्ट बजार नजिक तथा वडा नं. ७ को बाबाथान बजार नजिक क्षेत्रमा प्रहरीले मोटर साईकल, टेम्पो, म्याजिक लगाएत सवारी साधनमा मोवाईल चेक जाँच बढाउदै आएको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here