धितोपत्र बजार राताम्मै, नेप्से साढे २६ अंकले घट्दा १ अर्ब ९७ करोडको कारोबार

काठमाडौं, ६ पुस । साताको पहिलो दिन ३ अंकले बढेको शेयर बजार दोस्रो पुनः ओरालो लागेको छ । सोमवार नेप्से परिसूचक २६.५४ अंकले घटेर १ हजार ३ सय १७.११ अंकमा झरेर अडियो । यो संख्या आइतवारको तुलनामा झण्डै २ प्रतिशत कम हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ४.८६ अंकले घटेर २ सय ८३.५३ अंकमा झरेर अडियो । यो संख्या अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशत कम हो ।

सोमवार कारोबारमा आएका सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक ६.३४ प्रतिशत घट्यो । त्यस्तै, जलविद्युतको ३.९१ प्रतिशत, फाइनान्सको ३.१९ प्रतिशत, होटलको ३.०३ प्रतिशत घट्यो भने अन्य समुहको पनि घट्यो ।

सोमवार कारोबार पनि घट्यो । आइतवार २ अर्ब भन्दा धेरैको कारोबार भएकोमा आज १ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार २ सय ३८ कित्ता शेयर २० हजार ४ सय ४६ पटक किनबेच हुँदा १ अर्ब ९७ करोड ३ लाख ८७ हजार रुपैयाँको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै बहुउद्देश्य फाइनान्स कम्पनीका शेयर धनीले कमाए । फाइनान्सको शेयर मूल्य ९.७७ प्रतिशत बढ्यो । त्यस्तै, ग्लोबल आइएमई बैंकको ९.७२ प्रतिशत बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पेन्टका शेयर धनी छन् । पाँचथर पावरको शेयर मूल्य १० प्रतिशत घट्यो । त्यस्तै, पोखरा फाइनान्सको ९.८२ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.४१ प्रतिशत घट्यो भने अन्य समुहको पनि राम्रै अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टीलरीले गर्यो । डिस्टीलरीले २० करोड ९२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here