न्यून चापीय प्रणालीको प्रभाव बढ्दै, कस्तो रहन्छ आगामी तीनदिन

काठमाडौं, ७ माघ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढ्दै गएको छ।

सोमबार दिउँसो प्रवेश गरेको न्यून चापीय प्रणालीको मंगलबार देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ। यसैगरी पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :

माघ ७ गते (मंगलबार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

राति : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ।

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

राति : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

माघ ९ गते (बिहीबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

राति : देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here