सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ७ माघ । मंगलवार सुनचाँदी दुवैको मूल्य बढ्यो । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ ।

सोमवार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार ३०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले बढ्यो ।

सोमवार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलवार ३०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्यो ।

सोमवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार प्रतितोला ५ रुपैयाँ बढ्दै ८ सय ९५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here