धितोपत्र बजारः नेप्से ७ अंकले घट्दा १ अर्ब ५८ करोडको कारोबार

काठमाडौं, ८ माघ । बुधवार पनि धितोपत्र बजार ओरालो लाग्ने क्रम रोकिएन् । आज नेप्से परिसूचक ७.०५ अंकले घटेर १ हजार ३ सय १३.४२ अंकमा झरेको छ ।
बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स २.१३ अंकले घटेर २ सय ८२.३० अंकमा झर्यो ।

बुधवार जीवन बिमा समुह बाहेक अन्य सबै समुहको सूचक घट्यो । जीवन बिमाको सूचक २.३२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.५३ प्रतिशत घट्यो । त्यस्तै, ट्रेडिङ समुहको १.३७ प्रतिशत, होटल समुहको १.१५ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार कारोबारमा पनि कमी आयो । आज १ सय ७८ कम्पनीको ४९ लाख १४ हजार ४ सय ३७ कित्ता शेयर १५ हजार ५ सय ८ पटक किनबेच हुँदा १ अर्ब ५८ करोड १३ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सका शेयर धनीले कमाए । इन्स्योरेन्सको शेयर मूल्य ८.४७ प्रतिशत बढ्यो । त्यस्तै, प्राईम लाईफ इन्स्योरेन्सको ८.२० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पेन्टको शेयर धनी छन् । कम्पेन्टको शेयर मूल्य ८.६९ प्रतिशत घट्यो । त्यस्तै, कञ्चन विकास बैंकको ७.५१ प्रतिशत, सेन्ट्रल फाइनान्सको ७.२३ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमइ बैंकले गर्यो । बैंकले ६१ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here