पाँच सहकारी संस्थाको इजाजत खारेज

काठमाडौं, ८ माघ । सहकारी विभागले नियम विपरित सञ्चालित पाँच सहकारी संस्थाको इजाजत खारेज भएको छ ।

विभागले बुधबार पाँच सहकारी संस्थाको इजाजत खारेज गर्ने निर्णय गरेको हो ।

अहिले स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमनको अधिकार स्थानीय तहले नै पाएका छन् । उक्त व्यवस्थालाई टेक्दै रजिष्टार स्तरीय निर्णयबाट संस्था दर्ता खारेज गरिएको हो ।

खारेजीमा पर्नेमा काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी कृषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्ब सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्था रहेका छन् ।

सहकारी संस्थाहरुको वेतिथि हटाउनका लागि विभागले पछिल्लो समय सक्रियता देखाएको छ ।अहिले मुलुकमा ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । यसमध्ये करिब १४ हजार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु रहेको विभागले बताएको छ ।

पछिल्लो समय सहकारी गलत कृयाकलाप, सम्पत्ति शुद्धिकरणको प्रयास र निर्वाचनका बेलामात्रै संस्था ब्यूताउने गरिएको छ । सहकारी संस्थाहरुको वेतिथि हटाउनका लागि विभागले पछिल्लो समय सक्रियता देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here