चिनियाँ भाइरसको त्रासमा नेपाल, त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क सञ्चालन

काठमाडौं, ८ माघ । पछिल्लो समय चिनियाँ भाइरसको उपनामले चिनिने कोरोनो भाइरस त्रासको चीनदेखि अमेरिकासम्म फैलिएको छ ।

यस अघि कतै पनि नपाइएको एउटा रहस्यात्मक भाइरस चीनबाट अन्य देशमा फैलिन थालेपछि सबै देशहरुले यो भाइरसबाट बच्नको लागि सतर्कता अपनाउन थालेका छन् ।

नेपालले पनि ‘कोरोना भाइरस’ नेपाल भित्रन नदिनको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको हो । विमानस्थलको हेल्थ डेस्कमा शंकास्पद बिरामीको पहिचान गर्न विशेषज्ञ चिकित्सकको टोली राखिएको छ।

ज्वरो, घाँटीको दुखाइ, सास फेर्न असजिलो भएका र खसखस भएका पर्यटकलाई हेल्थ डेस्कमा सम्पर्क राख्न समेत भनिएको छ।

यसअघि पनि अफ्रिकन देशमा इबोलको महामारी फैलिएपछि बाहिरी मुलुकबाट आएका पर्यटक तथा नेपाली यात्रुबाट रोगको सङ्क्रमण भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य जाँच गर्न सरकारले सो हेल्थ डेक्स स्थापना गरेको थियो ।

मुख्यतयाः रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको सङ्क्रमण देशभित्र भित्रन सक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिई सजकता अपनाउनु पनि हेल्थ डेक्सको उद्देश्य हो ।

चीनदेखि अमेरिकासम्म फैलियो कोरोना भाइरस, नेपालमा जोखिम कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here