भ्याटमा दर्ता भएका करदाता २ लाख ४४ हजार, प्यान लिनेको संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौं, ९ माघ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता २ लाख ४४ हजार ६४ पुगेका छन्।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा अभिवृद्धि कर भ्याटमा ३० हजार २ सय ९४ करदाता थपिएका छन् ।

त्यस्तै अन्त: शुल्कमा दर्ता हने करदाताको संख्या ९४ हजार १ सय ९९ पगुेको छ। चालु आर्थिक बर्षको मंसिर महिनासम्ममा १६ हजार ७८५ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक बर्षको मंसिर महिनासम्ममा ३० लाख ६१ हजार ७ सय जनाले प्यान नम्बर लिइसकेका छन्। यो गत वर्ष असारसम्मको संख्याभन्दा ४०.९ प्रतिशतले धेरै हो।

गत वर्षको असारसम्ममा प्यान नम्बर लिनेको संख्या २१ लाख ७२ हजार २ सय रहेको थियो । व्यवसायिक र व्यक्तिगत दुवै प्यान लिनेको संख्यामा वृद्धि भएको छ। चालु आवको मंसिरसम्म व्यवसायिक प्यान नम्बर लिने करदाता १३ लाख १२ हजार ६ सय ८५ पुगेका छन्।

त्यस्तै, व्यक्तिगत प्यान नम्बर लिनेको करदाताको संख्या १७ लाख ४५ हजार ४ सय ४४ पुगेको छ। चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मात्र व्यक्तिगत प्यान नम्बर लिने करदाता ७ लाख ५२ हजार ३ सय ६४ थप भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here