सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ९ माघ । विहिवार सुनचाँदी दुवैको मूल्य बढ्यो । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।

बुधवार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा विहिवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले बढ्यो ।

बुधवार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा विहिवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

विहिवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्यो ।

बुधवार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा विहिवार प्रतितोला ५ रुपैयाँ बढ्दै ८ सय ८५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here