धितोपत्र बजारः राताम्मै रहदै साताको अन्त्य, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौं, ९ माघ । साताको अन्तिम दिन धितोपत्र बजार राताम्मै हुँदै सकिएको छ । विहिवार नेप्से परिसूचक १५.९५ अंकले घटेर १ हजार २ सय ९७.४७ अंकमा आएर अडिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.२१ प्रतिशत कम हो ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ३.५९ अंकले घटेर २ सय ७८.७२ अंकमा झरेको छ ।

विहिवार जीवन बिमा र अन्य बाहेक अरु सबै समुहको सूचक घट्यो । जीवन बिमाको सूचक ०.५७ प्रतिशत बढ्यो भने अन्य समुहको ०.२६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै बैकिङ्ग समुहको सूचक घट्यो । बैकिङ्गको सूचक १.८३ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको १.६० प्रतिशत, जलविद्युत समुहको १.५२ प्रतिशत घट्यो भने अन्य सुहको पनि घट्यो ।

विहिवार कारोबार पनि घट्यो । आज १ सय ७२ कम्पनीको ३७ लाख ५४ हजार ५ सय २१ कित्ता शेयर १५ हजार ३ सय पटक किनबेच हुँदा १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै साईनर्जी पावर डेभलभमेन्टका शेयर धनीले कमाए । साईनर्जीको शेयर मूल्य ९.४७ प्रतिशत बढ्यो । त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको ४.८० प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इक्युटीका शेयर धनी छन् । इक्युटीको शेयर मूल्य ६.९६ प्रतिशत बढ्यो । त्यस्तै, मञ्जुश्री फाइनान्सको ५.६० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ५.३५ प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । इन्स्योरेन्सले १८ करोड ४० लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here