हावाहुरी पीडितलाई गोर्खा इको प्यानलको आर्थिक सहयोग

काठमाडौं, २१ चैत । गोर्खा इको प्यानलले तराईका दुई जिल्लाका हावाहुरी पीडितलाई ५० हजार रुपैयाँं सहयोग गरेको छ । चैत १७ गते बारा बर्सामा आएको भीषण हावाहुरीबाट पीडित परिवारको सहयोगका लागि उक्त रकम सहयोग हो ।

नेपाल इन्जिनियर्स एसोसियसनको खातामा जम्मा गरी उक्त रकम सहयोग गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले बताए ।

कम्पनीले गोर्खा इको प्यानलको प्रयोग गरी घर बनाउन तथा पुननिर्माण गर्न चाहने पीडितहरुका लागि थप १० प्रतिशत छुटमा इको प्यानल विक्री गर्ने समेत उनले जाननकारी दिए ।

निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानल उत्पादन गर्दै आएको कम्पनीले समय समयमा यस्तो सामाजिक उतरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ ।

एसोसिएसनले सार्वजनिक रुपमै सबैसँंग आग्रह गरी सहयोग संकलन अभियान चलाउँंदै आएको छ ।

गोर्खा इको प्यानल इटाको विकल्पको रुपमा (भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) प्रयोग हुने निर्माण सामाग्री हो । यो भूकम्पप्रतिरोधी इको प्यानल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here