स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गोष्ठी

पप्पु गुरुङ्ग

दोधारा, १० माघ । स्थानीयतहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गोष्ठी माहाकालीमा सुरु भएको छ ।

माहाकाली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको स्थानिय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गोष्ठी सुरु भएको माहाकाली नगरपािलका कार्यालयले जनाएको छ ।

दुई दिन सम्म संचालन हुने स्थानिय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गोष्ठीका सभापती माहाकाली नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली रहेका छन् ।

प्रमुख अतिथीमा माहाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र रहेका छन् । कार्यक्रममा सुहाराका कार्यक्रम संयोजक बिकास देउजा, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) फिल्ड संयोजक पदमराज भट्ट, सुहाराका कृषी कार्यक्रम संयोजक कुल प्रसाद सुबेदी, माहाकाली नगरपालिकाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, कृषि शाखाका प्रमुख तथा प्रतिनिधी, पशु कार्यालयका प्रमुख तथा प्रतिनिधी लगाएत सरोकारवालाको उपस्थिती रहेको थियो ।

माहाकाली नगरपालिका कार्यालयको आयोजना र कार्यक्रममा सुहाराका कार्यक्रम संयोजक बिकास देउजाले कुपोषण के हो ? कुपोषणको वर्गीकरण, बालबालिकामा पोषणको अवस्था, कुपोषणका कारण नेपालमा बाल मृत्युदर, पोषणको अवस्था सुधार गर्न नेपालमा भएका पहलहरु, पोषण बारे दिर्घकालिन सोच, लक्ष्य र उद्धेश्यहरु, नगरपालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशन समीतीको काम, कर्तब्य र अधिकार लगाएतका बारेमा जानकारी गराएका थिए ।

सुआहाराले प्रवद्धन गरेका मुख्य ब्यवहारहरु, सुआहारा कार्यक्रमका आगामी योजनाहरु, पोषण सम्बन्धी सुचकहरुको अभिलेख एंवम् प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका बारेमा छलफल गरिएको छ् । माहाकाली नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष सिजालीले गाँउ–घरमा अझै पनि पोषण सम्बन्धी ज्ञान नभएकाले बालबालीकाहरु कुपोषित हुने गरेको बताएका छन् ।

कार्यक्रममा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चिता गर्न बिभिन्न कार्यक्रम भईरहेको सिजालीले बताए । माहाकाली नगरपालिका क्षेत्रमा बिगितका दिनहरु देखी नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले बिभिन्न कार्यक्रम गर्दै आएको बताउदै माहाकाली नगरपालिका कार्यालय समेत स्वास्थ्य तथा पोषण कार्यक्रम सबै वडाहरु संचालनको लागी वर्षेनी बजेट बिनियोजन गरि कार्यक्रम गर्दै आएको कार्यक्रममा बताईएको छ ।

नगरपािलकाको स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपन सुनिश्चितालाई माहाकाली नगरपालिका क्षेत्रमा छरिएर रहेका स्वास्थ्य स्वयम्सेविकाहरुले समेत सघाउदै आएको माहाकाली नगरपालिका कार्यालयका कार्यक्रम संयोजक भानदेब भट्टले जानकारी दिएका छन् ।

अबका दिनमा माहाकाली नगरपालिकाले पोषण सम्बन्धी कार्यक्रमलाई अझ सशक्त बनाई नागरिकहरुको नैसर्गिक बिकास गर्नु पर्ने कुरामा बक्ताहरुले जोड दिएका छन् ।

सिघ्र कुपोषण र मध्यम खाले कुपोषणलाई घटाउने लक्ष्य अनुरुप सुहारा कार्यक्रम अन्तर्गत सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कुपोषण सम्बन्धी प्रशिक्षित गराईदै आएको हो ।

संबिधानमा समेत पोषणयुक्त खानाको ब्यबस्था गर्ने उल्लेख गरिएकोले पनि यस कार्यक्रमलाई केही बर्ष अघि देखि बिशेष महत्वका साथ हेरिदै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here