घरजग्गा कारोबार घट्दा पनि राजस्व बढ्यो

काठमाडौं ११, माघ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष घरजग्गा कारोबार ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष पनि यस्तो कारोबार ७.१ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकले घरजग्गामा लगानी गर्न केही कडाई गरेपछि कारोबार घटेको हो । यसका आधारमा यो वर्ष पनि घरजग्गा कारोबार संख्या घटेको जानकारहरु बताउँछन् ।

गत वर्ष घरजग्गा रजिष्ट्रेशन घटेपनि त्यसबापतको सरकारी राजस्व ६.१ प्रतिशतले बढेर २१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो राजस्व २ प्रतिशतले बढेको थियो ।

घर/भवन नक्सा पास संख्या ८.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष घर/भवन नक्सा पास संख्या ४६.३ प्रतिशतले बढेको थियो ।
जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर–जग्गा रजिष्ट्रेशन संख्या वृद्धि भएको छ भने बाँकी क्षेत्रमा ह्रास आएको छ ।

त्यसैगरी, काठमाडौं र विराटनगर क्षेत्रमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व घटेको छ भने अन्य क्षेत्रमा बढेकोछ । जनकपुर र धनगढी क्षेत्रमा घर÷भवन नक्सा पास संख्या वृद्धि भएको छ भने अन्य क्षेत्रमा घटेको राष्ट्र बैंके गरेको गत वर्षको आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here