जेहेन्दार बिद्यार्थी कमलालाई वडा कार्यालयको सहयोग

दोधारा, १२ माघ । माहाकाली नगरपालिका वडा नं. ५ वडा कार्यालयले एक अपांग बिद्यार्थीलाई पढाईको लागी सहयोग प्रदान गरेको छ् ।

माहाकाली नगरपालिका वडा नं. ५ निवासी कमला कुमारी ढकाललाई अपांग तथा जेहेन्दार बिद्यार्थी भएको कारण उनको पठनपाठनको लागी रु. २० हजार चेक प्रदान गरेको माहाकाली नगरपालिका वडा नं. ५ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष करन सुनारले जानकारी दिएका छन् ।

एक कार्यक्रमको बिच बिद्यार्थी ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा माहाकाली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारी, वडा सदस्य तथा कार्यवाहक अध्यक्ष करन सुनार, माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. ४ का वडा सदस्य भक्त बहादुर सुनार, वडा नं. ५ वडा सदस्य नरेन्द्र सिंह भण्डारी, वडा सदस्य बिरमा बुढाथोकी, वडा सदस्य अनिता औजी रहेका थिए ।

कमला कुमारी ढकाल हाल त्रिनगर माध्यमिक बिद्यालय, धनगडीमा कक्षा ११ मा ‘कानुन’ बिषय लिएर अध्यन गर्दै आएका छन् । वडा नं. ५ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष करन सुनारले बिद्यार्थी ढकालको आर्थिक अवस्था निकै दैनिय रहदै आएको र पढाईमा ईच्छुक तथा जेहेन्दार रहेको कारण उनको उज्वल भबिष्यको लागी माहाकाली नगरपालिका वडा नं. ५ वडा कार्यालयले अध्यनको लागी सहयोग प्रदान गरेको बताएका छन् ।

अध्यनको लागी वडाका जनप्रतिनिधीहरुले गरेको सहयोगले आफ्नो आर्थिक अवस्था निकै दयनीय भएको जनाउदै सहयोगबाट ठुलो राहत पुगेको कमला कुमारी ढकालले बताईन् । ‘वडाका जनप्रतिनिधीहरुले मेरो आर्थिक अवस्था बुझेर मेरो उज्वल भबिष्यको लागी गरेको सहयोग म कहिल्यै बिर्सिन्न’ कमला कुमारी ढकालले कार्यक्रममा बताईएन् ।

यो सहयोगले आफुलाई धेरै टेवा दिने जनाउदै सहयोग गर्ने सबै प्रति उनले आभार व्यक्त गरेका छन् । आफुले सहयोगबाट आफु निकै खुशी भएको जनाउदै आफुले पढाईमा अझै बढी ध्यान दिने कमलाले बताईन् ।

कमला पढाईमा निकै जेहेन्दार रहेको बताईएको छ् । माहाकाली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारीले यस पटक थोरै भएपनि वडा कार्यालयले अपांग, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई उनिहरुको पठनपाठनको लागी बजेट बिनियोजन गरिएको बताएका छन् ।

चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष भण्डारीले वडामा रहेको बिद्यार्थी छनौट गरि कमला कुमारी ढकाललाई सहयोग प्रदान गरिएको बताएका छन् ।

‘बिद्यार्थीको कमला ढकालको उज्वल भबिष्यको कामना सहित आगामी दिनहरुमा समेत उनको पठन पाठनमा सहयोग गर्ने हाम्रो सोच छ्’ चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष गम्भिर सिंह भण्डारीले भने ।

आफ्नो वडामा रहेको बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्ने समेत कार्यक्रम रहेको वडा नं. ५ वडा कार्यालयले जनाएको छ् । बिद्यालय जान आर्थिक समस्या पर्दै आएको बिद्यार्थीहरुलाई वडा कार्यालयको सहयोग प्रति स्थानियबासी खुशी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here