फष्टाउँदै साना तथा घरेलु उद्योग, चार खर्ब ११ अर्ब ९५ करोड लगानी

काठमाडौं, १२ माघ । सरकारले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेसँगै साना तथा घरेलु उद्योग फष्टाउँदै गएको छ ।

नेपालमा रहेका चार लाख १८ हजार साना तथा घरेलु उद्योगमा चार खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ लगानी रहेको नेपाल घरेलु तथा साना उद्योग महासघंले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरु’ विषयक कार्यक्रममा अध्यक्ष उमेशप्रसाद सिंहले साना तथा घरेलु उद्योगहरू फस्टाइरहेका , अर्थतन्त्रमा पनि योगदान गरिरहेका बताएका हुन् । तर, समयमा बैङ्कले ऋण नदिँदा समस्या सिर्जना भइरहेको बताए ।

कार्यक्रममा सहभागीले महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने तथा कृषि, साना उद्यमलगायतका विभिन्न क्षेत्रमा सरकारले सहुलियत दरमा ऋण दिने सरकारी व्यवस्था भएपनि यो सुविधा लिनबाट लक्षित वर्ग नै बञ्चित भएको गुनासो गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंहले महिला उद्यमीहरुको ८० वटा सहुलियतपूर्ण ऋणको फाइल राष्ट्रिय वाणिज्य बैंकले रोकेर राखेको आरोप लगाए । उनले आवश्यक सबै कागजात पेश गर्दा पनि तीन महिना ऋण सुविधा महिलाहरुले पाउन नगरेको बताए ।

महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले संचालन गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत १५ लाख रुपियाँसम्म ऋण पाउने व्यवस्था छ ।

सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि पाँचदेखि छ प्रतिशतसम्म ब्याज अनुदान दिने भनिएको छ । तर यसको कार्यान्वयन पाटो नाजुक भएको उनीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here