काठमाडौं, १२ माघ । प्रतिनिधि सभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका सिन्धुपाल्चोकका सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाई स्थगित भएको छ ।
रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा पेशी तोकिएको थियो। न्यायाधीश फुयालले हेर्न नमिल्ने भएसँगै सापकोटाविरुद्ध दायर रिटमाथि आइतबार हुने सुनुवाई स्थगित भएको छ ।
फुयाल अधिवक्ताको रुपमा रहँदा सापकोटा विरुद्ध नै परेको मुद्दाको पक्षमा बहस गरेका कारण उनले उक्त मुद्दा हेर्न नमिल्ने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को उम्मेदवारका रुपमा आज बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन हुने प्रक्रियामा रहेका सापकोटालाई सभामुख चयन नगर्ने गरी आदेश जारी गर्न माग गर्दै शुक्रबार दायर भएको रिटको सुनुवाईका लागि आइतबार तोकिएको थियो ।

























