धितोपत्र बजार राताम्मै, नेप्से २१ अंकले घट्दा साढे ९६ करोडको कारोबार

काठमाडौं, १२ माघ । साताको पहिलो दिन नै धितोपत्र बजार राताम्मै रह्यो । आइतवार नेप्से परिसूचक २०.७९ अंकले घटेर १ हजार २ सय ७६.६८ अंकमा झरेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ४.१० अंकले घटेर २ सय ७४.६२ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.४७ प्रतिशत कम हो ।

आइतवार कारोबारमा आएका सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो । निर्जीवनको सूचक २.७९ प्रतिशत घट्यो । त्यस्तै, ट्रेडिङ समुहको २.११ प्रतिशत, होटल समुहको १.९९ प्रतिशत घट्यो भने अन्य समुहको पनि राम्रै अंकले घट्यो ।

आइतवार कारोबारमा कमी आयो । आज १ सय ७४ कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता शेयर १२ हजार ७ सय ५० पटक किनबेच हुँदा ९६ करोड ५० लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै जोशी हाइड्रोपावरका शेयर धनीले कमाए । हाइड्रोपावरको शेयर मूल्य ३.१७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्सका शेयर धनी छन् । जानकीको शेयर मूल्य ८.५५ प्रतिशत बढ्यो । त्यस्तै, सप्तकोशी विकास बैंकको ८.१६ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको ७.४८ प्रतिशत घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार डिप्रोस लघुवित्त वित्तीय संस्थाले गर्यो । लघुवित्तले ८ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here