सुनको भाउ घट्यो, प्रतितोला ५९ हजार ४०० रुपैयाँ

काठमाडौं, २१ चैत । बुधबार प्रतितोला ५९ हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य १०० रुपैंयाले घटेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ५९ हजार ४ सय र तेजावी सुन प्रतितोला ५९ हजार १ सयमा कारोबार भएको छ । विगत सात दिनमा सुनको भाउ प्रतितोला ९ सय रुपैंयाले घटेको छ ।

त्यस्तै, चाँदीको भाउ प्रतितोला ७२५ रुपैंया रहेको नेपाल सुनचाँदी व्यावसायी संघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here