आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १३ माघ । प्रहरी प्रशासनमाथि अभद्र व्यवहार गरेको आरोप लागेको गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थप गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।

सोमवार बिहान राउतले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here