प्रधानमन्त्रीको मलिन अनुहार असन्तुष्टिको झल्को कि अस्वस्थता

काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

शपथ लिएसँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गरेका छन् । करिब ४ महिनाबाट रिक्त रहेको प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सहभागी भएका थिए ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रधानमन्त्रीको मलिन अनुहार असन्तुष्टिको झल्को कि अस्वस्थता

प्रधानमन्त्री केपी शर्मा ओली ठट्टा गर्न माहिर नेता मानिन्छन्। ठट्टा गर्ने क्रममा आलोचना र वाहवाही दुवै बटुल्दै आएका छन् । हरेक कार्यक्रममा प्रधानमन्त्री ओलीले उखान टुक्का नसुनाउदाँ खल्लो बन्ने गरेको छ ।

उखान टुक्कासंगै आफ्नो कुरा ओली सहज रुपमा हसाउँदै सुनाउने गर्छन । प्रधानमन्त्री भएपछि पनि ओलीको उखान टुक्काका शैली परिवर्तन भएको छैन ।

सामान्य ढंगबाट विषयको सुरुवात गरेर ओलीले भाषणको क्रममा केही न केही नयाँ उखान टुक्काको प्रयोग गरेकै हुन्छन् । तर सोमबार बिहान राष्ट्रपति निवास शीतल निवासको दृष्य भने फरक देखियो ।

सधैं हँसिलो अनुहारमा देखिने ओली शपथग्रहण समारोहभर एकपटक पनि मुस्कुराएनन् । उनको अनुहारमा एक खालको तनाव देखिन्थ्यो । शपथग्रहणमा भने उनको अनुहार पत्याउनै नसक्ने गरी बिग्रिएको देखिन्थ्यो । कतिपयले ओलीको मलिन अनुहार असन्तुष्टिको झल्कोको ब्याख्या गरे भने कति पयले अस्वस्थताको कारणको ब्याख्या गरे ।

हुनपनि नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सभामुखको लागि लामै समय घम्साघम्सी जस्तै देखिएको थियो ।

सभामुख चयनको लागि दुवैबाट आ-आफ्नो अडिकको माझ प्रचण्डले बाजी मारेको थिए । स्रोतको अनुसार ओली सभामुख पूर्व एमाललेलाई नै राख्न चाहान्थे । त्यसकारणले नै ओलीको मुहारमा उज्यालो नदेखिएको अनुमान गर्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here