सिटिजन्स बैंकले ल्यायो निक्षेप रकम दोब्बर हुने योजना

काठमाडौं, १४ माघ । सिटिजन्स बैंक ईन्टरनेसनले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको सार्वजनिक गरेको छ ।

यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ वर्ष ६ महिना(९० महिना) पछि साँवा र व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुने बैंकले जनाएको छ ।

बैंकले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाख भन्दा बढि ग्राहवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलव्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here