ऋण विस्तारमा आक्रामक हुँदा पनि नेपाल बैंकको मूनाफामा गिरावट

काठमाडौं, १४ माघ । ऋण विस्तारमा आक्रामक हुँदा पनि मुलुककै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट आएको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८ प्रतिशतले घटेको हो। पछिल्लो तीन महिनाको मात्रै हिसाब गर्दा भने नाफा ३ प्रतिशतले बढेको छ।

बैंकले पुससम्म १ अर्ब ३५ करोड नाफा गरेको छ । अघिल्लो पुसमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा थियो। जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८ दशमलव ६ प्रतिशतले कमी हो ।

बैंकले ६ महिनामा ६ अर्ब ४ करोड ऋण विस्तार गरेको छ। ६ महिनाको कुल ऋण विस्तारमध्ये पछिल्लो तीन महिनाको हिस्सा ५ अर्ब ८० करोड रुपैयाँ छ। बैंकले कुल ९८ अर्ब ४५ करोड रुपैयाँ ऋण विस्तार गरिसकेको छ।

बैंकको ब्याज दर विस्तारै महँगो हुन थालेको छ। स्प्रेडमा केही कमी देखिएपनि आधार दर ६.०६ प्रतिशतबाट बढेर ७.८२ प्रतिशत पुगेको छ। बैंकले खराब ऋणको हिस्सा २.७४ प्रतिशतबाट घटाएर २.६६ प्रतिशतमा ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here