धितोपत्र बजारः साढे ५ अंकले बढ्दा १ अर्ब ४० करोडको कारोबार

काठमाडौं, १४ माघ । मंगलवार धितोपत्र बजारमा केही सुधार देखिएको छ । आजज नेप्से परिसूचक ५.५२ अंकले बढेर १ हजार ३ सय ६.१५ अंकमा पुगेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । आज सेन्सेटिभ इन्डेक्स ०.४८ अंकले घटेर २ सय ७८.६७ अंकमा झरेको छ ।

मंगलवार कारोबारमा आएका मध्ये बैकिङ्ग, होटल, जलविद्युत र ट्रेडिङ समुहको सूचक घट्यो भने अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक २.९१ प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको १.९३ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको सूचक बढ्यो । निर्जीवनको सूचक २.६० प्रतिशत बढ्यो । त्यस्तै, जीवन बिमाको १.१९ प्रतिशत, लघुवित्तको २.०७ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here