टेलिकमको सेवा विस्तारसँगै माहाकालीमा निःशुल्क सिमकार्ड

पप्पु गुरुङ

दोधारा, १५ माघ । नेपाल टेलिकमले माहाकाली नगरपालिकामा निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ ।

नेपाल टेलिकमले माहाकाली नगरपालिकामा फोरजी संचालन गरेपछि पहिलो पटक निःशुल्क सिमकार्ड वितरण गर्न लागेको नेपाल टेलिकमले जनाएको छ ।

माघ १६ गते माहाकाली नगरपालिका वडा नं. ४ स्थित रहेको शारदा माध्यमिक बिद्यालयमा एक दिनको लागी फोरजी सिम निशुल्क बितरण गर्ने तयारी भएको नेपाल टेलिकमका प्रतिनिधी राजन थापाले बताएका छन् ।

टेलिकमले माहाकाली नगरपालिकाका बिभिन्न स्थानमा टावर निर्माण गरेपछि यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क सिमकार्ड बितरण गर्दै आएको हो ।

टेलिकमले माहाकाली नगरपालिका क्षेत्रमा आएर ५० रुपौयाँ ब्यालेन्स भएको निःशुल्क फोरजी सिमकार्ड निशुल्क बितरण गर्न लाग्दा स्थानियहरुमा खुसी छाएको माहाकाली नगरपालिका वडा नं. ८ निवासी भुपेन्द्र ओलीले बताएका छन् ।

उनले भने– ‘टेलिकमले निशुल्क फोरजी सिमकार्ड निुशल्क बितरण गरेर निम्न आयस्रोत भएकाहरु पनि संचारमा पहुच हुनेछ् ।’ माहाकाली नगरपालिकाको शारदा माध्यमिक बिद्यालयमा एक दिनको लागी करिब ५ सय भन्दा बढी निुशल्क फोरजी सिमकार्ड बितरण गर्ने कार्यक्रम रहेको नेपाल टेलिकमका प्रतिनिधी राजन थापाले जनाएका छन् ।

सिम लिन ईच्छुक ब्यक्तीहरुले एक प्रति नागरिकताको प्रतिलिपी र एक प्रती पासपोर्ट साईजको फोटो ल्याउनु पर्ने टेलिकमका प्रतिनिधी राजन थापाले बताएका छन् ।

विदेशबाट जोसुकैले नेपाल टेलिकमको सिममा फोन गर्दा सस्तो दर रेटमा गर्न फोन सकिने भएकोले ग्रामिण क्षेत्रका स्थानियबासीहरुलाई निःशुल्क नेपाल टेलिकमको सिम बितरण गरिएको बताईएको छ् ।

बिदेश गएका नेपाली युवाहरुले नेपाल टेलिकमको सिमको फोन गर्दा सस्तो दररेटमा आ–आफनो घरपरिवार संग निर्धक्क लामो समय सम्म कुराकानी गर्न सजिलो हुनेछ ।

सस्तो दर रेट पर्ने भएको तथा नेपाल टेलिकमले राम्रो सुविधा ल्याएकोले ग्राहकहरुलाई निःशुल्क सिम कार्ड बितरण गरी यसको प्रयोग ग्रामिण क्षेत्रका स्थानियहरुले अरु सिम कार्ड भन्दा बढी टेलिकमको सिम कार्ड प्रयोग गर्न निःशुल्क सिम कार्ड बितरण अभियान गाँउ गाँउमा गएर टेलिकमको सिम कार्ड प्रयोग गर्न आग्रह गर्दै नेपाल टेलिकमको सिम कार्ड निःशुल्क बितरण गरिएको नेपाल टेलीकमले जनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here