गाडी कर्जा ६५ प्रतिशत बनाउने तयारी

काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले सवारी कर्जाको सीमा बढाउने तयारी गरेको छ ।

अर्थमन्त्रालयको निर्देशनपछि बैंकले ६५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गर्न व्यवसायीले माग गर्दै आएका छन्। यस अघि राष्ट्र बैंकले ६५ प्रतिशतको सवारीकर्जाको सीमालाई घटाएर ५० प्रतिशतमा झारेको थियो ।

लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकेर सास्ती खेपिरहेको अर्थमन्त्रालय पनि सवारी कर्जा वृद्धि गरी आयात बनाउने पक्षमा देखिएको छ । अर्थमन्त्री युवराज खतिवडाले नाडा अटाेमाेवाइल्स डिलर एशाेसिएशन अफ नेपालका प्रतिनिधिसँगकाे सवारी कर्जा खुकुलाे बनाउन राष्ट्र बैंकलाई निर्देशन दिइसकेकाे बताएका छन् ।

उक्त व्यवस्थासँगै सवारीसाधन बिक्रीमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको सम्बद्ध अटो व्यवसायीहरुले बताउँदै आएका छन् ।

राजस्वमा ठूलो योगदान दिँदै आएको अटो क्षेत्रको व्यवसाय खस्किदा त्यसको प्रत्यक्ष असर सरकारको राजस्व उठौती लक्ष्यमा समेत पर्न गएको छ । जसका कारणले गर्दा पनि सवारीकर्जालाई केही खुकुलो गर्न लागिएको उक्त स्रोतको भनाई रहेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न लागेकाे बेलामा सवारी कर्जाको सीमा बढाउन व्यवसायीबाट चर्काे दवाव परेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here