जापानमा १५ जना नेपाली पक्राउ

टोकियो । जापानमा १५ जना नेपाली पक्राउ परेका छन् । अध्यागमन विभागको टिमसहित पुगेको प्रहरीले नेपाली काम गरिरहेको ठाउँबाट पक्राउ गरेको हो ।

राजधानी टोकियो नजिकैको हाचिओजीमा काम गरिरहेका उनीहरुलाई भिसामा गरिएको व्यवस्था उल्लंघन गर्दै अनुमति नपाएको काम गरिरहेकोले पक्राउ गरिएको बताइएको छ ।

ती कामदारहरुले औद्योगिक काम गरिरहेका थिए तर उनीहरुलाई दिइएको भिसामा औद्योगिक क्षेत्रमा काम गर्ने अनुमति थिएन । पक्राउ परेका मध्ये धेरैजसो कुक भिसामा रहेको बुझिएको छ ।

सोही कम्पनीमा काम गर्ने एक नेपालीका अनुसार बुधबार बिहान कम्पनीको काम सुरु हुनै लाग्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने नेपालीहरू को–को थिए भन्ने बारे अहिलेसम्म खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here