एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

काठमाडौं, १५ माघ । नेपालभर १० लाखभन्दा बढी सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकले आफ्नो सेवा ललितपुरको सानोगाउँमा पनि विस्तार गरेको छ । बैंकको यो ९५औं नयाँ शाखा हो ।

बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुसल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गलाई बैंकिङ सुविधा पु¥याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा यसै नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रुपमा शाखा उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका उच्च अधिकारीलगायत विभिन्न प्रतिनिधि र स्थानीयको उपस्थिति थियो । सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here