धितोपत्र बजार स्थिर, एक अर्ब २९ करोडको कारोबार

काठमाडौं, १५ माघ । बुधवार धितोपत्र बजार स्थिर नै रह्यो । आज नेप्से परिसूचक ०.२७ अंकले घटेर १ हजार ३ सय ५.८८ अंकमा पुगेर अडियो ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि खासै परिवर्तन आएन । आज सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले घटेर २ सय ७९.१९ अंकमा झरेको छ ।

बुधवार कारोबारमा आएका मध्ये ट्रेडिङ, होटल, निर्जीवन बिमा र लघुवित्तको सूचक बढ्यो भने अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक ४.३४ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङको २.०८ प्रतिशत, निर्जीवन बिमाको १.७४ प्रतिशत र होटलको सूचक ०.८१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै सामुहिक लगानी कोष समुहको सूचक घट्यो । समुहिक लगानीको सूचक १.३८ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार कारोबारमा भने सुधार देखिएको छ । बुधवार १ सय ७६ कम्पनीको २८ लाख ७८ हजार ४ सय ५२ कित्ता शेयर १३ हजार ८०० पटक किनबेच हुँदा १ अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै नदिप लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । नदिपको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो । त्यस्तै, निरुदी लघुवित्त विकास बैंकको ९.१५ प्रतिशत बढ्यो भने अन्य कम्पनीको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा प्रोग्रेसिभ फाइनान्सका शेयर धनी छन् । प्रोग्रेसिभको शेयर मूल्य ५.५० प्रतिशत घट्यो । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्सको ४.५८ प्रतिशत घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार नदिप लघुवित्त वित्तीय संस्थाले गर्यो । नदिपले ६ करोड ३८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here