होटलमा लगानीको होड: कति छन् पाँचतारे होटल, सयौं होटल नियमको दायरा बाहिर

काठमाडौं, १६ माघ । देशभर होटल निर्माणको होड चलेको छ । अन्तर्राष्ट्रिय स्तरका होटलमा आवद्ध भएर विभिन्न व्यवसायिक घराना होटल निर्माणमा जुटेका छन् ।

भ्रमण वर्ष लक्षिण होटलहरु देशैभरी सञ्चालनमा आएका छन् । यसबीचमा हाटेल व्यवसायमा अर्बौ रकम लगानी भएको छ ।

नेपालमा पाँचतारे होटल मात्रै १५ वटा पुगेको छ । पर्यटन विभागमा हाल मुलुकमा पाँचतारे होटल १५, चारतारे ८, तीनतारे ३७, दुईतारे ४३, एकतारे ३३ र पर्यटकस्तरका ५०९ होटल दर्ता भएका छन् ।

देशभर होमस्टे २५२ होमस्टे दर्ता छन् । देशभर चलिरहेका सयौं होटल अहिलेपनि सरकारको नियमको दायराभित्र अटाएका छैनन् ।

नेपालमा आउने विदेशी पर्यकटको संख्यामा भएको बृद्धिसँगै पूर्वाधारमा हुने लगानी पनि बढिरहेको छ। प्रमुख पर्यटकीय पूर्वाधारको रुपमा रहेको होटल क्षेत्रमा निजी क्षेत्रको लगानी पछिल्लो समय निरन्तर बढ्न गएको हो ।

खर्ब बढी लगानीमै ठूला होटल काठमाडौंमा म्यारियट,ताज भिभान्ता, चितवनमा फ्रेन, भैरहवामा टाइगर प्यालेस, पोखरामा स्वीस इन्टरनेशनल, नेपालगञ्जमा सोल्टी वेष्टेन्ड प्रिमियर र सेन्ट्रलप्लाजा केही ठूला होटल गएको सञ्चालनमा छन् ।

त्यस्तै काठमाडौंमा स्टारउडको चेन अलफ्ट काठमाडौं, शेराटन, भैरहवामा पवनप्यालेस, हायात प्लेस जस्ता पाँचतारे स्तरका होटल सञ्चालनको तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here