विहिवार प्रतितोला ७०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं, १६ माघ । विहिवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेसंगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

बुधवार प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ७०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तजावी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँले नै बढ्यो ।

बुधवार प्रतितोला ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा विहिवार ७०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

विहिवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्यो ।

बुधवार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार १० रुपैयाँ बढ्दै प्रतितोला ८८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here