पाटा नेपालले सार्यो नाईस कार्यक्रमको मिति

काठमाडौं, १८ माघ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपालले आगामि फेबु्रअरी २२ देखी २५ सम्म हुने भनिएको नेपाल इन्डिया चाईना एक्पो (नाईस) कार्यक्रमको मिति सारेको छ ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनबाट आमन्त्रीत अतिथी तथा प्रतिनीधिहरुको सहज रुपमा सहभागीता जनाउने अवस्था नरहेकाले कार्यक्रमलाई तत्कालका लागि पछि यसैवर्ष आयोजना गर्ने गरि पछि सारेको छ ।

जनवरी २७ तारिखका दिन बसेको पाटा नेपाल च्याप्टरको कार्य समिती बैठकले चीनमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न संकट पूर्ण अवस्थामा आमन्त्रीत प्रतिनीधीको स्वाथ्य सुरक्षालाई मध्यनजर गदैं पूर्व सावधानी स्वरुप सो निणर्य गरेको हो ।

पाटा नेपालका अध्यक्ष विभूतीचन्द ठाकुरले संस्थाले छिमेकी मुलुक चीनमा फैलिरहेको कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा हुन सक्ने सम्भावित असरलाई नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सहज भएपश्चात नाईस कार्यक्रमको लागि उपयुक्त मिती तय गरिने बताए ।

पाटा नेपालका प्रमूख कार्यकारी अधिकृत सुरेशसिहं बुडालले एक्सपोमा १२० क्रेता र ५० विक्रेताले सहभागी जनाउने निश्चित भए सँगै आवश्यक तयारी पुरा भएपनि वर्तमान समय एक्सपो आयोजनाका लागि उपयुक्त नरहेको बताए ।

उनले सम्पूर्ण पर्यटन व्यावसायी तथा सरोकारवालाहरु एकजुट भएर कोरोना भाइरसका कारण पर्यटनमा हुन जाने सम्भाव्य असर तथा चुनैति समाधानका लागि सबैले सहकार्य र समन्वयमा जोड दिन आवश्यक रहेको समेत प्रष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here