लगातार १० दिन भन्दा धेरै ट्रेन्डिङ १ मा तेलगु फिल्म ‘डियर कमरेड’

काठमाडौं । जनवरी १९ तारिखमा युट्युबमा अपलोड भएको तेलगु भाषामा बनेर हिन्दीमा डब भएको फिल्म ‘डियर कमरेड’ लगातार १० दिन भन्दा धेरै नेपाली युट्युबको ट्रेन्डिङमा पहिलो स्थानमा रहिरहेको छ ।

विजय देवरकोन्डा र रसमिकाको मुख्य भुमिका रहेको यस फिल्मलाई नेपाली दर्शकले औधी मन पराए ।

‘अर्जुन रेड्डी’बाट नै टन्नै फ्यान कमाएका विजयको यो फिल्मको धेरै मानिसलाई प्रतिक्षा थियो ।

फिल्ममा प्रेम र क्रान्तिकारी सोँच भएको एक युवाको भुमिका निभाएका विजयको यो फिल्मले नेपाली युट्युबको ट्रेन्डिङमा पहिलो स्थानमा १० दिनभन्दा धेरै राज गरिसक्यो ।

अझै यो फिल्म कतिदिन युट्युबको ट्रेन्डिङमा पहिलो स्थानमा रहला त्यो भने हेर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here