सामाजिक सञ्जालमा विज्ञापन गरेमा मुद्रा अपचलनको मुद्दा

काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानुनी ठहर गरेको छ ।

शुक्रबार राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत आफ्ना उत्पादनको विज्ञापन गर्न रोक लगाएको हो ।

इन्टरनेटमार्फत कुनै पनि विज्ञापन गरेर विदेशी मुद्रामा भुक्तानी गरे कडा कारवाही गर्ने जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र गुगलमा विज्ञापन गर्नेहरुको संख्या बढी रहेका बेला राष्ट्र बैंकले कडाइ गरेको हो।

‘सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी हो’ राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कारोबारमा विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही हुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here