फेसन टिप्सः यसरी गर्नुस् आफ्नो शरीर अनुसारको ड्रेसअप

-सुरक्षा रेग्मी

आकर्षक देखिन तपाईं आफूलाई कसरी तयार गर्नुहुन्छ ? मेकओभर गरेर, कपाललाई विभिन्न स्टाइल दिएर वा फेसन ट्रेन्ड अनुसारको ड्रेसअप गरेर ।

सुरक्षा रेग्मी

मेकओभर तथा कपालको स्टाइलले आकर्षक देखिन त सकिन्छ । तर यसका लागि महत्त्वपूर्ण भूमिका तपाईंले लगाउने कपडाकै हुन्छ ।

राम्रो देखिनलाई फेसन ट्रेन्डनै फलो गर्नुपर्छ भन्ने छैन । तपाईंलाई कस्तो कपडाले सुहाउँछ, लगाउँदा कन्फिडेन्ट तथा सहज अनुभव हुन्छ, त्यो हेर्नु आवश्यक छ । आकर्षक तथा स्टाइलिस देखिन कपडाको रङ, प्रकार भन्दा पनि शरीरको आकार अनुसारको ड्रेसअप गर्नुपर्छ ।

कपडा छान्नु पूर्व आफ्नो बडी सेप (शरीरको आकार)को बारेमा जानकारी लिनु आवश्यक हुन्छ । सामान्यतया महिलाहरुको बडी सेप चार प्रकारको हुन्छन् ।

एप्पल बडी सेप

यस्तो बडी सेपमा शरीरको माथिल्लो भाग, तलको तुलनामा हेभी, हुन्छ । त्यसैले मानिसहरुको ध्यान पनि माथिल्लो भागमै केन्द्रित हुन्छ ।

माथिल्लो भागबाट एटेन्सन हटाउन अथवा शरीरलाई ‘ब्यालेन्स’ देखाउन ‘भी’ अथवा ‘डिप भी’ नेकका फूल स्लिभ कपडा लगाउनुपर्छ । त्यस्तै प्रिन्ट टिसर्ट, छातीसम्म टिमिक्क र तल लुज वा फरर परेको टप लगाउँदा राम्रो देखिन्छ ।

त्यसैगरी प्लाजो, डार्क कलरको पाइन्ट लगाउँदा शरीर आकर्षक देखिन्छ । शरीरको माथिको भाग हेभी हुने भएकोले यस्तो शारीरिक बनोट भएकाहरुले विशेषगरी ‘ब्रा’को छनोटमा विशेष ध्यान दिनुपर्छ ।

यस्तो शारिरिक बनावट भएका महिलाहरुले स्किनी जिन्स तथा फिगर हगिङ पोसाक नलगाउनु नै बेस हुन्छ । त्यस्तै तलमाथि नै टाइट कपडा लगाउनु हँुदैन । कपडाको रङ पनि गाढा उपयुक्त हुन्छ ।

आवर ग्लास बडी सेप

आवरग्लास बडीसेप अर्थात छिनेको कम्मर । यस्तो शरीर भएकाहरुको कुम र कम्मरको आकार बराबर हुन्छ । यो बडी सेप भएकाहरुलाई सबै प्रकारको पोशाक सुहाउँछ । यद्यपी यु नेक, भी नेक, स्विटहार्ट नेकका टप्स लगाउँदा बढी आकर्षक देखिन्छन् ।

त्यस्तै छिनेको कम्मर हुने भएकोले बेल्ट लगाउँदा कम्मर हाइलाइट हुन्छ । तर, माथि र तल लुज कपडाले तपाईंको लुक्स बिगार्न सक्छ । कम्मरमा जोइन्ट भएको लगाउँदा राम्रो हुुन्छ ।

पियर बडी सेप

यसमा विशेष गरी शरीरको तलको भाग ठूलो हुन्छ । जसले गर्दा मानिसको ध्यान थाइले तान्छ ।  त्यसो त राइट ड्रेसिङ स्टाइल भयो भने ‘आवर बडी’को इल्युजन दिन पनि सकिन्छ ।

यसमा तपाईंको सोल्डरको तुलनामा हिप वाइड हुन्छ । हिपलाई सानो र सोल्डरलाई ठूलो बनाउनु आकर्षक देखिने टिप्स हो ।

यस्ता शारीरिक आकार भएकाले गर्नुपर्ने भनेको लोअर बडीलाई बढाउने (इनह्यान्स गर्ने) हो । यसका लागि खुट्टालाई फराकिलो देखाउने पेण्ट्स लगाउनु उपयुक्त हुन्छ । त्यस्तै लुज टप्सले आवर ग्लास लुक्स जस्तो देखाउछ ।

टप्स छान्दा स्विटहार्ट भी अथवा यु नेक टप्स उपयुक्त हुन्छन ।

स्किन फिटिङ टप्स तथा लुज बटम टप्सले यस्ता बडी सेप भएकाहरुको सौन्दर्य विगार्न सक्छ । सकेसम्म यस्ता बडी सेप भएकालाई प्लाजो सुरुवाल नलगाउने सल्लाह दिइन्छ ।

रेक्ट्याङगल बडी सेप

रेक्ट्याङगल बडी सेपमा कुमदेखि नितम्बसम्म राम्रो सन्तुलन हुन्छ । कम्मर छिनेको हुँदैन ।

यस्तो शरीर भएकाहरुले पाखुरा तथा गोडालाई फोकस गर्नु पर्छ । किनभने उनीहरुको कम्मर आकर्षक हुँदैन । लाइन स्कट, रफलेड तथा लेयर्ड टप्स, स्भिलेस टप्स यस्ता शरीर हुनेहरुका लागि उपयुक्त हुन्छ ।

त्यस्तै उनीहरुले ब्लेजर, लङ जकेट, क्याप, ब्लेजर, लङ जकेट लगाउन सक्छन् । यस्ता बडी सेप भएकाहरुले फिटिङ ड्रेस नलगाउँदा उपयुक्त हुन्छ ।

(लेखक फेसन डिजाइनर हुन् )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here