सन्दीपले विकेट लिँदा धुर्मुस सुन्तलीको खातामा पैसा, एक विकेट बराबर कति ?

काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने भएका छन् ।

लामिछानेले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने सामाजिक सञ्‍जाल मार्फत जनाएका छन् ।

सन्दीपले सामाजिक संञ्जालमा लेखेका छन् – “नेपाली क्रिकेटका लागि मसँग एउटा सपना छ । जुन सपना नेपाली क्रिकेटका युवा हस्तिका लागि पनि महत्वपूर्ण छ । यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिने छु,”।

सामाजिक सञ्जाल ट्विटरमार्फत चितवनमा निर्माणाधीन रंगशालालाई सहयोग गर्ने र चाँडै त्यो सपना यथार्थमा परिणत हुने विश्वास समेत व्यक्त गरेका छन्।

नेपालले अमेरिका र ओमानसँग एकदिवसीय क्रिकेट खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदान हुने सिरिजमा नेपालले अमेरिका र ओमानसँग २-२ एकदिवसीय खेल गरी ४ खेल खेल्दैछ।

नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो। आइसिसी विश्वकप २०२३ को छनोटअन्तर्गतको आइसिसी विश्वकप लिग-२ मा नेपालले आफ्नो पहिलो सिरिज खेल्न लागेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here