परिवर्तनको लागि युवा उत्प्रेरणात्मक कार्यक्रम

भक्तपुर, २० माघ । भक्तपुर राष्ट्रिय युवापरिषदद्वारा गठित राष्ट्रिय युवा पुर्नस्थापना सञ्जालले आयोजना गरेको एक दिवसिय परिवर्तनको लागि युवा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

सञ्जालकी अध्यक्ष सविता उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कार्यक्रमको उद्घाटन गर्दै युवाहरूलाई सम्बोधन गरी उत्प्रेरणा प्रदान गरेका थिए ।

सो कार्यक्रममा संघ–संस्था, संञ्जालको अध्यक्ष त्रिलोत्तम पौडेल र युवा प्रतिभा तथा उद्यमी संजालको अध्यक्ष लोचन बस्नेतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

नव गठित पुर्नस्थापना संजालको कार्यक्रममाथि प्रकाश पादैं अध्यक्ष सविता उप्रेतीले उपस्थित सवैलाई धन्यवाद व्यक्त गरिन् ।

उप्रेतीले सो पुर्नस्थापना क्षेत्रमा काम गर्न निकै नै चुनौती हुने र धेरै धैर्यताको आवश्यकता पर्ने हुँदा युवालाई थप उर्जा चाहिने बताउदै नेपाल सरकारले घोषणा गरेको युवा परिचालन वर्षलाई सार्थक दिन उत्प्रेरणा कार्यक्रम सँगै युवालाई स्वंयम सेवामा प्रेरित गर्ने बताईन् ।

दोस्रो सत्रमा नेपालको चर्चित मोटीभेसनल स्पिकर रमन भट्टराईले नेपालीको विषयबस्तुमा युवाहरुको लागि प्रेरक प्रस्तुतीकरण रहेको थियो । भाषण, योगा, संगीत, नृत्य, खेल, सामूहिक प्रस्तुतिकरण सहितको उहाँको सेसनबाट युवाहरु सकारात्मक सोचको विकास हुनुको साथै प्रेरणा मिलेको उपस्थित युवाहरुले बताए ।

कार्यक्रममा चर्चित मोटीभेसनल स्पिकर रमन भट्टराई ,युवा परिषदको उपसचिव चन्द्रा थापा, अन्य संजालको पदाधिकारीहरु, विभिन्न क्षेत्रका पुनर्स्थापना केन्द्रहरु, एफडिडिआर को अध्यक्ष प्रशान्त शर्मा लगायत उल्लेख्य युवाहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here