श्री एयरलाइन्सले शुक्रबारदेखि पोखरामा नियमित उडान गर्ने

काठमाडौं, २० माघ । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अब पोखरामा पनि उडान बिस्तार गर्ने भएको छ ।

श्री एयरलाइन्सले शुक्रबारदेखि पोखरामा नियमित उडान गर्न लागेको विज्ञप्ती मार्फत जनाएको छ । ८० सिट क्षमताको जहाजले यस अघि नै परीक्षण उडान सफल गरिसकेको छ ।

साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू ४०० जहाज ल्याएको थियो । जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो ।

यो कम्पनीको ९ औं गन्तब्य हो । श्रीले जनकपुरमा नियमित उडान थालिसकेको छ भने सिमरा उडानका लागि गृहकार्य गरिरहेको जनाएको छ।

कम्पनीले हाल दुईवटा ५० सीटे सीआरजे-२००, दुईवटा ७८ सीआरजे-७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवा लगायत मुलुकका विभिन्न गन्तब्यमा उडान गर्दै माउन्टेन फ्लाइट उडान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here