अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम

काठमाडौँ, २१ माघ । गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए, भने अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको बारेमा प्रकाश पारेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए ।

केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहजिकरणको कार्य गरेका थिए साथै सहजिकरणको कार्यमा पोखरा शाखाका कर्मचारीहरुले पनि सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here