नेपाली सेनाले माग्यो सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित)

काठमाडौं, २३ माघ । नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (अधिकृत क्याडेट) पदमा भर्ना खुलेको छ। सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

उक्त पदमा १ सय ५० जनाको दरखास्त आह्वान गरिएको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो।

उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ। दरखास्तको लागि फागुन ८ गतेसम्मको मिति तोकिएको छ भने दोब्बर दस्तुर तिरेर फागुन १५ गतेसम्म बुझाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here