सवारीचालक अनुमतीपत्रको अनलाइन फारम सेवा पुनः सुचारू

काठमाडौं, २३ माघ । सवारीचालक अनुमतीपत्र (लाइसेन्स) को अनलाईन फारम खुल्ला भएको छ।

यसअघि बन्द रहेको अनलाइन प्रणाली सेवा विहीबारदेखि खुल्ला भएको यातायात व्यवस्था विभागले जनाएको छ । सफ्टवेयर परिवर्तन गर्न भन्दै विभागले गत १६ गतेदेखि अनलाइन सेवा बन्द गरेको थियो ।

बिहान ६ बजेदेखि रातको १० बजेसम्म फारम भर्न सकिने विभागले जनाएको छ । सेवा सञ्चालनमा आएपछि दैनिक करिव ६ हजारले फारम भर्न सक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here