चीनबाट ल्याइएका नेपाली राख्ने चार ठाँउ सरकारको छनोटमा

काठमाडौं, २३ माघ । सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि राखिने ठाँउ तय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहानबाट ल्याइने नेपालीलाई चाँर ठाउँमा राख्न निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री र मुख्यसचिवलगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको निर्देशन अनुसार चीनबाट ल्याइने नेपालीलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइनस्थल व्यवस्थित गरी राखिनेछ ।

त्यस्तै सरकारले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । कोरोनाभाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले पछिल्लो समय चीनमा मास्कको माग अत्याधिक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here