यी हुन् विश्वकै महंगो देश, भारतभन्दा नेपाल आठ स्थान अगाडि

काठमाडौं । विश्वका सबैभन्दा महंगो देशहरुको सूची सार्वजनिक भएको छ ।

सिईओवर्ल्ड पत्रिकामा सार्वजनिक गरेको सूचीमा स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महंगो देश बनेको छ । उक्त सूचीमा सबैभन्दा महंगा मुलुकमा अधिकांस युरोपेली मुलुकहरू रहेका छन् ।

विश्वको सबैभन्दा महंगो शीर्ष २० देशहरू बढी मात्रामा युरोपका रहेका छन् । जसमा ९ वटा युरोप, पाँच वटा एसिया, एउटा दक्षिण अमेरिका, एउटा अफ्रिकाका रहेका छन् ।

१३२ वटा देशहरुमा गरिएको सर्वेक्षणमा उपभोग्य वस्तु, कपडा, र ट्याक्सी शुल्क मापन गरि अमेरिकाको सबैभन्दा महंगो सहर न्युयोर्कलाई बेन्चमार्कका रुपमा राखेर सूची तयार पारिएको हो ।

जसमा नर्वे दोस्रोमा र आइसल्यान्ड तेस्रो स्थानमा छन् । जापान चौथो, डेनमार्क पाँचौ, बहामस छटौ, लक्जम्बर्ग सातौ, इजारायल आठौ र सिंगापुर नवौ र दक्षिण कोरिया दशौं स्थानमा रहेको छ ।

विश्वको महंगो देशमा अमेरिका २० औँ स्थानमा रहेको छ भने बेलायत २७ औँ स्थानमा रहेको छ । साउदी अरेबिया ५७ औँ र रूस ८२ औँ स्थानमा रहेको उल्लेख गरिएको छ ।

दक्षिण एसियाली देशहरुमा नेपाल, भारत र पाकिस्तान भन्दा महंगो मुलुको सूचीमा रहेको भएको छ । विश्वकै महंगो मुलुकमा नेपाल १२२ औं स्थानमा रहेको छ ।

यो मामिलामा भारत १३० औं र पाकिस्तान १३२ औं स्थानमा रहेको छ । श्रीलंका ११२ औं मंहगो मुलुक भएको छ । यसका आधारमा भारतभन्दा नेपाल ८ स्थान अगाडि रहेको छ ।

महंगो मुलुकको सूचीमा पहिलो नम्बरमा परेको स्वीट्जरल्यान्ड किराना सामग्री र रेष्टुराँको मूल्यमा पनि सबैभन्दा माथि देखिएको छ । स्वीट्जरल्यान्ड बिग म्याक सूचीमा पनि महंगो मुलुकको रुपमा रहेको छ । यसले विश्भरी म्याकडोनाल्डको मूल्य मापन गर्छ ।

एउटा बिग म्याकको मूल्य ६.५० स्वीस फ्रांक पर्छ । यो मूल्य विश्वमै अधिक मूल्यको बर्गर भएको इकोनोमिस्टको सूचीले देखाएको छ । स्वीस फ्रांक महँगो भएकाले मूल्य पनि उच्च हुन गएको छ ।

सूचीको चौंथो स्थानमा रहेको जापान युरोप बाहिर हेर्ने हो भने सर्वाधिक महंगो मुलुक रहेको छ । यद्यपि यो मुलुकको अंक आइसल्यान्डको १००.४ को तुलनामा धेरै तल अर्थात ८३.४ रहेको छ ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ कार्यालय भाडाका लागि विश्वकै महंगो बजार भएको छ । यद्यपि समग्र सूचीमा यो क्षेत्र ११ औं स्थानमा रहेको छ ।

सम्पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here