धितोपत्र बजार राताम्मै, नेप्से साढे ८ अंकले घट्दा १ अर्बको कारोबार

काठमाडौं, २३ माघ । धितोपत्र बजार राताम्मै रहदै साताको अन्त्य भएको छ । विहिवार नेप्से परिसूचक ८.६७ अंकले घटेर १ हजार ३ सय ३३.६९ अंकमा झरेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.८७ अंकले घटेर २ सय ८४.०५ अंकमा झरेको छ ।

विहिवार जीवन बिमा र उत्पादन तथा प्रशोधन समुह बाहेक अन्य सबै समुहको सूचक घट्यो । जीवन बिमाको सूचक ०.३२ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो । निर्जीवनको सूचक १.४५ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको १.२७ प्रतिशत, जलविद्युतको ०.८६ प्रतिशत घट्यो भने अन्य समुहको पनि घट्यो ।

विहिवार कारोबार पनि केही मात्रामा घट्यो । आज १ सय ७५ कम्पनीको २८ लाख १ हजार ८ सय ३ कित्ता शेयर १३ हजार १ सय ३७ पटक किनबेच हुँदा १ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै ग्रिन बिकास बैंकका शेयर धनीले कमाए । बैंकको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, समृद्धि फाइनान्सको पनि १० प्रतिशत नै बढ्यो । यसका साथै, सर्पोट लघुवित्तको ९.९७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्सका शेयर धनी छन् । नेपाल फाइनान्सको शेयर मूल्य ९.५५ प्रतिशत घट्यो । त्यस्तै, ज्योति विकास बैंकको ४.०४ प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । इन्स्योरेन्सले ४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here