बार्सिलोना र रियल मड्रिड ‘कोपा डेल रे’ को क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौं । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन् ।

बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडसँग पराजित भएको हो । यो सँगै नौ वर्षपछि बार्सिलोना र रियल मड्रिड बिना कोपा डेल रे फाइनल हुने भएको छ ।

एथ्लेटिक क्लबको मैदानमा भएको खेलको इन्ज्युरी समयमा सर्जियो बुस्केटले आत्मघाती गोल गरेपछि बार्सिलोनाको लगातार सातौँ पटक फाइनल पुग्ने सपना क्वार्टर–फाइनलमा नै रोकिन पुगेको थियो ।

रियल मड्रिड पनि रियल सोसियडाडसँग चार–तीन गोल अन्तरले स्तब्ध भयो । सन् २०१० पछि बार्सिलोना र रियल मड्रिडबिना पहिलो पटक ‘कोपा डेल रे’ को फाइनल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here