प्रतितोला ४०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, २४ माघ । छापावाल सुनको मूल्य शुक्रवार प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

विहिवार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले नै बढ्यो ।

शुक्रवार प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्यो ।

विहिवार प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा शुक्रवार १० रुपैयाँ बढ्दै प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here