फोटो नेपालमा वाइल्ड लाइफ फोटो प्रदर्शनी

काठमाडौं, २२ चैत । नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको फोटोनेपाल (#photoNepal) प्रदर्शनी अन्तरगत अप्रिल महिनामा हुने प्रदर्शनीमा वाइल्ड लाइफ फोटोग्राफर सागर गिरीले खिचेका जङ्गली जनावरका तस्बिरहरु प्रदर्शनी भएको छ ।

प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवार देखि आयोजना हुने यस प्रदर्शनी यसपटक चैत्र २२–२८ मा हुँदैछ ।

यस प्रदर्शनीमा नेपालमा पाइने जङ्गली जनावरका ३५ फोटोहरु राखिएका छन् । चैत्र २५ मा फोटोग्राफर गिरीसँग वाइल्डलाइफ फोटोग्राफीमा उनको अनुभवहरु र पर्यटन प्रवद्र्धन विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले फोटो नेपालले यसपटकको अंकमा विश्व मै नेपाल अनूपम गन्तव्यका रुपमा चिनाउने विविधताले भरिपूर्ण विशेषत जङ्गली जनावरलाई स्थान दिएको बताए ।

विगत चार वर्षदेखि हरेक महिना बोर्डले नियमित रुपमा फोटोनेपालको आयोजना गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here