देश कृषिप्रधान, भर विदेशीको: ६ महिनामा १५ अर्बको चामल आयात

काठमाडौं, २४ माघ । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ६ महिनामा १५ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो ।

तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कुल जनसंख्याको आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा आर्थिक वर्ष २०७६/७७ को ६ महिनाको अवधिमा मात्रै नेपालमा १५ अर्ब १ करोड रुपैयाँ बराबरको चामल आयात भएको हो ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/ ७६ मा कुल ३२ अर्ब २ करोड भन्दा धेरै रकमको चामल आयात भएको थियो ।

स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

गएको ६ महिनाको अवधिमा चामलपछि नेपालमा सबैभन्दा धेरै आयात भएको खाद्य पदार्थ भटमासको तेल हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गएको ६ महिनामा ८ अर्बको भटमासको तेल आयात भएको छ । यसको साथै, तरकारी ७ अर्ब ८० करोडको, फलफूल ४ अर्ब २० करोड रुपैयाँको आयात भएको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बाैं रुपैयाँको चामल आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here