बैंक तथा वित्तीय संस्थाका शाखा साढे ९ हजार नाघ्यो, ७७ वटै जिल्लामा बैंक

काठमाडौं, २५ माघ । मर्जर तथा एक्विजिसनका कारण बैंक तथा वित्तीय संस्था घटेपनि शाखा सञ्जाल निरन्तर रुपमा बढिरहेको छ ।

सोही क्रममा पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या बढेर ९ हजार ३ सय ९४ पुगेको छ । यो सबै वर्गका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या हो ।

मुलुकभर सञ्चालित कुल शाखामध्ये सर्बभन्दा धेरै ४ हजार ११ वटा वाणिज्य बैंकका छन् । ती शाखा २७ वटा वाणिज्य बैंकका हुन । असार असान्तसम्म २८ वाणिज्य बैंक थिए । जनताबैक मर्जमा गएसँगै संख्या घटेको हो ।

त्यस्तै पुस मसान्तसम्म २५ वटा विकास बैंक सञ्चालनमा छन् । ती बैंकले मुलुकभर १ हजार २ सय ९३ शाखामार्फत वित्तीय सेवा दिदै आएका छन् । असार मसान्तसम्म विकास बैंक २९ थिए । अहिले संख्या घटेको हो ।

यसैगरी, २३ वटा फाइनान्स कम्पनीले २ सय २९ वटा शाखा र ९० वटा लघुवित्त वित्तीय संस्थाले ३ हजार ८ सय ६१ शाखामार्फत लघुवित्तीय सेवा दिदै आएको राष्ट्र बैंकले जनाएको छ ।

पुससम्म एउटामात्र पुर्वाधार विकास बैंक सञ्चालनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here