नेपालले अमेरिकालाई दियो १ सय ९१ रनको लक्ष्य

२५ माघ, काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय वान डे इन्टरनेशनल क्रिकेट सिरिजमा नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभर खेल्दै १९० रन जोडेको छ ।

नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेले । त्यसबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न नसकेपछि नेपाल मध्यम योगफलमा समेटिएको हो ।

अब नेपाललाई जित्न अमेरिकाले १ सय ९१ रन बनाउनु पर्नेछ । खेल टीयू मैदानमा जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here