यी हुन् विश्वकै अग्ला नेता !

अमेरिकाको न्यूयोर्क सहरस्थित ब्रुकलिनका काउन्सिल म्यान रोवर्ट कर्नेगी जुनियर विश्वकै अग्लो राजनीतिज्ञको रुपमा परिचित छन् ।

गिनिज वल्र्ड रेकर्ड्सले यसै वर्षको जनवरी १४ मा विश्वकै अग्ला पुरुष राजनीतिज्ञको रुपमा प्रमाणित गरेपछि उनी विश्वकै अग्ला नेताको रुपमा परिचित भएका हुन् । उनको उचाई ६ फिट १० इन्च अर्थात २०८ सेन्टीमिटर रहेको छ ।

यस अघि यो रेकर्ड बेलायतका संसद सदस्य सर लुईस ग्लुकस्टेनको नाममा थियो । उनी ६ फिट ७.५ ईन्च अर्थात २०२ से.मि. अग्ला थिए । उनको मृत्यु सन् १९७९ मा भएको थियो ।

कर्नेगीले हाँसो ठट्टामै दुई वर्षअघि एक विधायकले ‘तपाईं अहिलेसम्मकै सबैभन्दा अग्लो नेता हुनुपर्छ’ भनेपछि यो उपाधीबारे खोजी गरेको बताएका छन् ।

उनका अनुसार धेरै अग्लो हुनुको केही बेफाइदा पनि छन् विशेषगरी सपिङ गर्दा आफूलाई मिल्ने जुत्ता र कपडाहरु पाउन गाह्रो हुन्छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here